परिच्छेद-२ नेपालमा स्थानीय शासनको ऐतिहासिक सिंहावलोकन

नेपालमा स्थानीय शासनको जरो पर्गेल्न नेपालको इतिहासमा फर्किनु पर्ने हुन्छ पौराणिक, प्राचीन र मध्यकालमा’ नेपाल भन्नाले हालको काठमाडौँ उपत्यका न यस वरिपरिको क्षेत्रलाई मात्र बुझिन्थ्यो । यस क्षेत्रको शासनको बारेमा इ.पू करीब १,००० वर्ष देखिको मात्र जानकारी छ । यो पनि प्रामाणिक छैन हालको काठमाडौं उपत्यका आज भन्दा करीब ३,००० वर्ष अगाडिसम्म सरोवरको रूपमा रहेको र सो तालको पानी खोलिएपछि बस्ती बसाइएको कुरा इतिहासमा उल्लेख छ । यो क्षेत्रको भूभागको नामाकरण नेपाल र काठमाडौं निकै पछि भएको हो । पोखरीको पानी कसले खोल्यो भन्ने विषयमा हिन्दू र बौद्ध धार्मिक ग्रन्थहरूमा फरक फरक दृष्टिकोण छ । उपत्यका वस्ती योग्य भएपछि प्रारम्भमा गोपाल वंशको शासन थियो भन्ने बारेमा इतिहासकारको बीचमा मतैक्य छ ।

१. गोपाल वंशः गोपाल वंशको शासन करीब ५२५ वर्ष रहेको इतिहासको अनुमान छ । त्यस समयमा जनसङ्ख्या थोरै, जमीन प्रशस्त थियो । मानिसहरू कृषि र पशुपालनमा निर्भर थिए । आवश्यकता सीमित थिए । त्यस समयमा राज्य र राजाको अवधारणा थिएन । राज्य राज्यका बीचमा सीमाङ्कनको कुरा थिएन, सार्वभौमसत्ता र सरकारका विषय पनि विकसित भइसकेको थिएन । तसर्थ त्यस समयमा काठमाडौं उपत्यकामा राज्य थियो र राजा थिए भन्ने विषयमा धेरै बहस गर्नु उपयुक्त नहोला । राज्यको विस्तार पनि ठूलो थिएन भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । इतिहासकारले यहाँ सर्वप्रथम गोपालवंशको शासन थियो भनेका छन् । गाई पालन गरेर बस्ने मानिसहरू मध्ये कुनै जेठो बाठो मान्छेले अरु मान्छेलाई गाउँ टोलमा चिति बसाउने काममा वा जन्म, विवाह, अन्त्येष्टि लगायतका कार्यमा कसैले नेतृत्वदायी भूमिका खेल्थे । यो क्षेत्रमा कोही राजा थिए, कसैको शासन थियो भन्ने कुरा विश्वसनीय हुन सक्ला कि नसक्ला ? केन्द्रीय शासन थियो भन्ने तर्कमा शङ्का गर्ने ठाउँ छ । थियो भने केवल स्थानीय शासन मात्र थियो । जेष्ठ व्यक्तिहरूले गाउँ टोलमा नेतृत्वदायी भूमिका खेल्दथे । त्यस्ता मान्छेको नाम पछिसम्म मानिसहरूले स्मरण गरे त्यसैको बाधारमा उनीहरूलाई नै राजा भन्ने संज्ञा दिइएको हुन सक्छ ।

२. महिषपाल वंशः गोपाल वंश पछि करीब १०० वर्ष महिषपाल वंशको शासन भएको अनुमान छ । महिषपाल शासनको समयमा नेपाल राज्यको सिमाना पूर्वमा दूधकोशी, पश्चिममा त्रिशुली, उत्तरमा गोसाँइकुण्ड र दक्षिणमा चितलाइसम्म फैलिएको तर्क गरिएको छ । यस कालमा शासनको सञ्चालनमा कस्तो संरचना थियो भन्ने बारेमा स्पष्टता छैन । राज्य विस्तारको तर्कको दृष्टिकोणले केन्द्रबाट मात्र शासन सम्भव थिएन भन्ने देखिन्छ । त्यस समयका मानिसले के लगाउथे भन्ने प्रश्नको समाधान दिन कठिन छ । रुखको बोक्रा लगाउन त छाडि सकेका थिए होला । मुद्राको विकास भएको थिएन । जुत्ता चप्पल, बाटोघाटो थिएन। यातायातका साधनको कुरै नगरौं । नदी तर्ने साधन थिएनन् । यस अवस्थामा हालको काठमाडौं उपत्यकाको शासकले दुधकोशीसम्म शासन गर्दथे भन्ने तर्कलाई कति विश्वास गर्ने? खाद्यान्नको आवश्यकता खेतीबाट पुरा हुन्थ्यो । शैक्षिक, स्वास्थ्य संस्थाको विकास भएको थिएन । त्यस समयको आवश्यकता भन्नु नै नून, कपडा, र जन्म, विवाह र मृत्यु संस्कारको समयमा सहयोग गर्नु थियो । केही आपसी झगडा मिलाउनु पर्ने हुन सक्थ्यो । धन भन्नु नै घर पालुवा पशु मात्र थिए । सम्पत्ति सम्बन्धी र पारिवारिक विवाद समाधान स्थानीय जेष्ठहरूले गर्दथे । गाउँ टोलमा केवल तारतम्य मिलाउने काम हुन्थ्यो । केन्द्रीय शासन थियो र राजा थिए भन्ने कुरामा शङ्का छ । स्थानीय शासन थियो । वस्ती प्रमुख थिए । ती शासकलाई के नामाकरण गरिन्थ्यो भन्ने अभिलेख छैन ।

३. किराँतवंशः महिषपाल वंश पछि किराँत वंशले यस क्षेत्रमा शासन गरे । यसकालको शासनको तहगत संरचना सम्बन्धमा प्रा.डा. श्रीरामप्रसाद उपाध्याय लेख्नुहुन्छ- गाउँको शान्ति सुरक्षा तथा अमनचयनको जिम्मेवारी ग्रामीणको हुन्थ्यो । ग्रामको प्रमुखलाई ग्रामीण भनिन्थ्यो । ग्रामीण भन्दा माथि बीस’ हुन्थे । धेरै ग्रामहरूको इकाईलाई बीस भनिन्थ्यो । वीसको प्रमुखलाई वीसपति भनिन्थ्यो । अनेक बीस बनेर जन बनेको थियो । जनको प्रमुखलाई ज्येष्ठ भनिन्थ्यो । पाँचजना जन प्रमुख मिलेर पञ्चजनह बन्दथ्यो । यी पञ्च जनहको चर्चा ऋग्वेदमा गरिएको छ । स्थानीय प्रशासनमा सबभन्दा माथिल्लो पदमा गोप हुन्थे । त्यस्ता गोप प्रायः राजा नै हुन्थे (उपाध्याय, २०७३ पे. २१)।

लिच्छविकालीन शिलालेखहरूमा उल्लेख गरिएका शब्दहरू कुचेर, शुल्ली, लिंगवल, र माप्चोक किराँतकालकै उपज हुन् । यस बाहेक त्यस समयमा ब्रहमुड, सिङ्कर, फलन्जु विष्टि इत्यादि नामका कार्यालयहरूको पनि स्थापना गरिएको थियो (उपाध्याय, २०७३ पे.४९) । यसबाट बुझ्न सकिन्छ कि प्रशासनलाई विकेन्द्रित बनाउन किराँतकालमा विभिन्न कार्यालयहरूको स्थापना गरिएको थियो। प्रा.डा. भीमदेव भट्ट लेख्नुहुन्छ- स्थानीय प्रशासनलाई थुम र पन्चाली गरी दुई भागमा बाडिएको थियो (भट्ट, २०७१, पे. २८)। युमको विकसित

स्वरुप बर्तमानका जिल्लालाई मान्न सकिन्छ । इतिहासकारका अनुसार एक सय ग्रामको देखभाल गर्ने अधिकार प्राप्त थुम अधिकृतले शान्ति सुरक्षा र विकास निर्माण कार्य समेत गर्दथे । थुमले राजस्व सङ्कलन तथा न्याय निसाफका कार्य गर्दथ्यो । पन्चालीले कर सङ्कलन दैनिक प्रशासन, कुलो, पैनी, भैझगडाका विवाद समाधान गर्दथ्यो ।

यसरी हेर्दा किराँतकालमा केन्द्रीय शासनको विकास भएको थियो । मुलुकी प्रशासन चलाउन स्थानीय प्रशासनको अवधारणा पनि अपनाइएको देखिन्छ । गाउँ स्तरका यी इकाइहरूले भूलतः कर सङ्कलन, बाटो, पाटी, कुवा निर्माण र झै-झगडाको छिनोफाने जस्ता कार्य गर्दथे !

४. लिच्छविकालः लिच्छविकालमा नेपाल यात्रा गरेका चिनियाँ यात्री हुयान साइको यात्रा वर्णनलाई आधार मानेर तत्कालीन नेपालको विस्तार निकै ठूलो भएको तर्क गरिन्छ । राज्यको स्वरुपले प्रशासनिक स्वरुपलाई निर्धारण गर्दछ । राज्य ठूलो भए प्रशासनिक इकाइको आवश्यकता पर्छ । यस समयसम्म आई पुग्दा राज्यको आधार विकास भइसकेको थियो । प्रशासनिक सुविधाका लागि लिच्छविकालीन वस्तीहरूलाई विषय, ग्राम, तल, ब्रङ्ग, पुर, प्रवेश, देश नाम भएका इकाइहरू थिए । सम्म बस्ती र ग्रामहरूको संयुक्त बस्तीलाई तल र तलको प्रमुखलाई तलस्वामी भनिन्थ्यो। चन्द्रागिरी र दहचोक बीचको भागलाई शीताटिका तल भनिन्थ्यो । यस अन्तर्गत अनेक ग्रामहरू रहेका थिए (उपाध्याय

२०७३ पे. ५२) । लिच्छविकालमा स्थानीय न्याय सम्पादन गर्ने पाँचजना स्थानीय भलाद्‌मीहरूको सभा हुन्थ्यो, त्यसलाई पाञ्चाली भनिन्थ्यो । पाञ्चालीको मुख्यकाम आफ्नो इलाका भित्रको झगडा छिनोफानो गर्नु र जनताको हितका लागि कुलो पानीको व्यवस्था गर्नु, पाटी पौवा बनाउनु र त्यसको संरक्षण गर्नु थियो । पाञ्चालीले छिन्न नसकेका मुद्दा मात्र अन्तिम निर्णयका निम्ति माथिल्लो तहमा जान्थ्यो । शासन विकेन्द्रीकरणको प्रारम्भिक रूप पाञ्चालीलाई मान्न सकिन्छ र यसैको विकसित रूप अहिलेका गाउँपालिका र नगरपालिका हुन् भन्दा पनि फरक नपर्ला ।

५. मल्लकालः मल्लकालमा जिल्लालाई विभिन्न साना साना इकाईहरूमा विभाजित गरिएको थियो जसलाई ग्राम वा टोल भनिन्थ्यो । ग्रामको प्रशासन हेर्ने जिम्मा पाँच जनाको समूह भएको पञ्च कचहरीलाई दिइन्थ्यो । यस कचहरीका प्रमुखलाई पञ्चथकाली भनिन्थ्यो । यसले न्यायपालिका तथा कार्यपालिका दुवै किसिमका कार्यहरू सम्पन्न गर्दथ्यो ।

लिच्छविकालीन पाञ्चालीलाई मल्लकालमा पञ्च समुच्चय र पञ्च अन्न थालियो । गाउँ र शहरका टोलमा मुख्य कचहरी र कचहरी हुन्थे । उनीहरूलाई

विचारी मुखियाले सहयोग गर्थे । पञ्चकचहरीले स्थानीय तहमा न्याय निसाफ गर्ने काम गर्दथ्यो। यस कालमा स्थानीय प्रशासन चलाउन केन्द्रप्रति वफादार प्रमान, सायक, विचारी, उमरा, द्वारे जस्ता अधिकारी नियुक्त हुन्थे ।

मध्यकालको उत्तरार्द्धमा काठमाडौं उपत्यकामा तीन राज्यका अलावा काठमाडौं पश्चिममा वाइसी चौविसी तथा तराई तथा पूर्वमा सेन राज्यको अस्तित्व थियो । बाइसी चौविसी राज्यमा स्थानीय प्रशासनको सञ्चालन गर्नका निम्ति सरदार, सुब्बा, अमाली, कानूनगोहा, तालुकवार, फौजदार, उमरा, नेगी, कामिन, प्रधान, जमिनदार, ठेकेदार लगायतका अधिकारी तथा कर्मचारीहरूको नियुक्ति हुन्थ्यो । स्थानीय प्रशासकलाई सामन्त पनि भनिथ्यो । सामन्तहरूले सूतिकर सङ्कलन गरी बितों बुझाउने गर्थे ।

मल्ल कालमा स्थानीय प्रशासनको कार्य कर सङ्कलन, बाटो, कुलो, कुवा, धारा, पार्टी, मन्दिर, गुम्बा निर्माण तथा स्थानीय झै झगडाको मेलामिलाप गराउनु थियो ।

६. शाहकालः मध्यकालीन पञ्चकचहरी परम्पराले शाहकालमा पनि निरन्तरता पायो । स्थानीय स्तरमा विकास निर्माणका काम गर्न/गराउन अमाली नियुक्त गरिन्थे । स्थानीय प्रशासन चलाउन द्वारे, उमराव, चौधरी, नायक, नाईके, मुखिया, जिम्मावाल थानी, अमाली, थरी, जेठाबुढा, प्रधान, रोल्वा, रजवार, नजिकी, नेगी, नाइके, फौजदार हुन्थे । यिनीहरूको कार्य मूलतः कर सङ्कलन, बाटो, कुलो, कुवा, धारा, पाटी, मन्दिर, गुम्बा निर्माण तथा स्थानीय झै- झगडाको मेलामिलाप थियो ।

७. राणाकालः कोतपर्व पछि जङ्गबहादुरले निरंकुश शासन लागु गरेपछि स्वायत्त शासनको कुरा इतिहासको विषय मात्र बन्न पुग्यो । अत्यधिक मात्रामा केन्द्रीयकरणले गर्दा प्राचीनकालको पाञ्चाली यस समयमा लोप भयो (उपाध्याय, २०६९ पे. २९१) । यसो भनिएतापनि राणाकालको प्रारम्भ हुँदा नेपाल राज्यको विस्तार अहिलेको नेपालकै स्वरुपमा थियो । केन्द्रबाट मात्र देशभरीको सबै प्रशासकीय काम गर्न सम्भव थिएन । केन्द्रीय शासनको सम्पूर्ण बागडोर जङ्गबहादुर राणाले लिएका भएपनि स्थानीय स्तरमा प्रशासन चलाउन पूर्ववत् इकाइहरू यथावत् रहनु आवश्यक थियो । स्थानीय प्रशासन सञ्चालन गर्न पहाड वन्दोवस्त गोश्वारा, मधेश वन्दोवस्त गोश्वारा, माल अड्डा, पाठशाला वन्दोवस्त बड्डा, ठाना जस्ता विकेन्द्रित निकायहरू पनि गठन गरियो । स्थानीय प्रशासनमा द्वारे, उमराव, चौधरी, नायक, नाइके, मुखिया, जिम्मावाल थानी, अमाली, थरी, जेठाबुढा, प्रधान, रोल्वा, रजवार, नजिकी, नेगी, नाइके, फौजदार जस्ता पदहरू थिए ।

राणा शासनको उत्तरार्द्धमा संवत् २००६ साल चैत्र २७ गते जारी गरिएको नगर पञ्चायत ऐन, २००७ को प्रारम्भिक खण्डमा सम्वत् १९७६ साल देखि सफाई अड्डा म्यूनिसिपलको मातहतमा राखिएको, संवत् १९७९ मा काठमाडौं म्यूनिसिपल्टीमा पहिलो चुनाव भएको उल्लेख छ । यसपछि २००४ जेठ २९ गते काठमाडौं म्युनिसिपल्टिको दोश्रो चुनाव भयो ।