१. स्थानीय तहको परिभाषा:
क) नेपालको संविधान (२०७२) को भाग ५ धारा ५६ मा राज्यको संरचना सम्बन्धमा उल्लेख छ । धारा ५६ को उपधारा (१) मा भनिएको छ- सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ । यसै गरी सोही धाराको उपधारा (४) मा भनिएको छ- “स्थानीय तह” अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन् ।
ख) नेपालको संविधानको भाग-३४ धारा ३०६ को उपधारा (१) को (ब) बमोजिम “स्थानीय तह” भन्नाले यस संविधान बमोजिम स्थापना हुने गाउँपात्रिका, नगरपालिका र जिल्ला सभालाई सम्झनु पर्छ भनिएको छ ।
ग) स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा २ (घ) मा स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा सम्झनु पर्छ भनिएको छ ।
घ) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २ (म) का स्थानीय तह भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ र सो शब्दले जिल्ला सभालाई समेत जनाउँछ भनिएको छ ।
२. गाउँपालिका, नगरपालिका तया विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण सम्बन्धी व्यवस्थाः
नेपालको संविधानको भाग ५ धारा ५६ को उपधारा (४) र (५) बमोजिम निर्माण हुने गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्नका लागि संविधानको भाग-३३ धारा २९५ को उपधारा (३) बमोजिम नेपाल सरकारले संविधान प्रारम्भ भएको छ महिना भित्र एक जायोग गठन गर्नेछ । त्यस्तो आयोगले एक वर्ष भित्र गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित बा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम गर्नुपर्नेछ ।
३. विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सम्बन्धी संवैधानिक व्यवत्याः
नेपालको संविधानको भाग ५ धारा ५६ (५) मा सङ्गीय कानून बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ भन्ने व्यवस्था छ ।
४. गाउँपालिका र नगरपालिकामा बडाको सङ्ख्या विभाजनः
नेपालको संविधानको भाग ५ धारा ५६ को उपधारा ४ मा भनिएको छ- गाउँपालिका र नगरपालिकामा रहने बड़ाको सङ्ख्या सट्रीय कानून बमोजिम हुनेछ ।
५. गाउँपालिकाः
नेपालको संविधान बमोजिम गाउँपालिका स्थानीय तह हो । यो एक ग्रामीण राजनीतिक इकाई हो । यसलाई स्वशासित प्रशासकीय अधिकार हुन्छ ।
६. नगरपालिकाः
नेपालको संविधान बमोजिम नगरपालिका स्थानीय तह हो । नगरपालिका शहर, बजार भएको एक राजनीतिक इकाई हो । यसलाई स्वशासित प्रशासकीय अधिकार हुन्छ । नेपालको संविधानको भाग-३४, धारा ३०६ को उपधारा (१) को खण्ड (घ) बमोजिम “नगरपालिका” भन्नाले महानगरपालिका र उपमहानगरपालिका समेत बुझाउँछ ।