वेदान्त दर्शन ब्रम्हाशुत्रका शुत्र

वेदान्त ब्रम्हाशुत्र चार अध्याय र स्वोर भाग ६ प्रत्येक अध्यायमा चार चार भाग छन् । पहिलो अध्यायमा सबै वेदान्त वाक्यले एक मात्र परब्रम्ह परमेश्वरको प्रतिवादन गरेकोले यसको नाम समन्वय अध्याय भनिएको छ ।

दोश्रो अध्यायमा सबै प्रकारका विरोधाभाषलाई निराकरण गरेकोले यसको नाम अविरोधाभास भनिएको छ ।

तेश्रो अध्यायमा परब्रम्हलाई प्राप्त गर्नमा ब्रम्ह विद्या साधनभुत ब्रम्हविद्या तथा अनन्य उपाशनाको विषयमा निर्णय गरेको ले यसको नाम साधना ध्याय भनिएको छ ।

चौथो अध्यायमा बिद्या द्वारा साधकहरुको अधिकार अनुरुप प्राप्त हुने फलको विषयमा निर्णय गरेकोले यस अध्यायको नाम फलाध्याय भनिएको छ ।

 

बेदान्त दर्शन ब्रम्हसुत्रलाई सुत्रकारले चार अध्याय र सोह भागमा विभक्त गरी दिएको छ ।

 

ब्रम्हशुत्र ब्रम्हज्ञानका २४ शुत्र

१. यो प्रत्यक्ष उपलब्ध भएको जड चेतनात्मक जगत उपादान र निमित्त कारण ब्रम्ह नै हो ।

 

२. शर्वशक्तिमान परब्रम्ह परमेश्वरको जो पराचेतन जीव समुदाय र अपराजड वर्ग नामक दुई प्रकृति छन् र दुबै ब्रम्हका आफ्ना शक्ति हुन् त्यस कारण उसदेखि अभिन्न छन् यो सम्पूर्ण जगत उनै परब्रम्हको शक्तिमा आश्रुत छन् परब्रम्ह जीव तथा जड वर्ग देखि विलक्षण र उत्तम हो ।

 

३. परब्रम्ह परमेश्वरले आफ्नो दुबै प्रकृति जीव तथा जड वर्गलाई लिएर नै श्रृष्टिकालमा जगतको रचना गर्दछन् र प्रलयकालमा यि दुबै प्रकृतिलाई आफुमा विलिन गर्दछन् ।

 

४. परब्रम्ह परमात्मा शब्द स्पर्श आदि रहित निर्बिशेष निर्गुण एवं निराकार पनि हो तथा अनन्त कल्याणमय गुण समुदायले युक्त सगुण साकार पनि हो यस प्रकार एक नै परमात्मा को यो उभयविध स्वरुप स्वभाविक तथा परमसत्य हो ।

 

५. जीव समुदाय उस परब्रम्हको परा प्रकृतीको समुदायहो यस कारण उनै परब्रम्ह परमात्माको अंश हो यसै कारण परब्रम्ह परमात्मा देखि अभिन्न छ । भिन्न छैन। उनै परमेश्वर जीवहरुको कर्मफलको वेवास्था गर्नेवाला सवका नियत्ता र स्वामी हुन् ।

 

६. जीव नित्य हो उसको जन्मनु र मर्नु शरीरको सम्बन्ध देखि नै भएको हुन्छ ।

 

७. जीवले एक शरीर देखि दोश्रो शरीरमा र लोकान्तरमा जानु आउनु शरीरको सम्बन्ध देखि नै हुन्छ। ब्रम्हलोकमा पनि उसको शुक्ष्म शरीरको सम्बन्धले नै जान्छ शरीर तीन प्रकारको हुन्छ। स्थूल शरीर शुक्ष्म शरीर कारण शरीर

 

८. परब्रम्हा परमात्माको परम धाममा पुग्ने ज्ञानीको कुनै प्रकारको प्राकृतिक शरीरको सम्बन्ध रहदैन ज्ञानी आफ्नो दिव्य स्वरुपले सम्पन्न भएको हुन्छ यो नै बन्धन देखि रहित मुक्त अवस्था हो ।

 

९. कार्य ब्रम्हको लोकमा जाने वाला जीवले वहाँको भोगको उपभोग संकल्प मात्रले हुन्छ र उसको संकल्प अनुसार प्राप्त भएको शरीर द्धारा पनि हुन्छ ।

 

१०. देवयान मार्ग देखि जाने वाला विद्धान मध्य कोही परब्रम्हको परमधाममा गएर सामुज्य मुक्ति प्राप्त गर्दछन् । कोही चैतन्य स्वरुप मात्रले अलग पनि रहन्छन् ।

 

११. कार्यब्रम्हको लोकमा जाने वाला महापुरुष उनका स्वामीका साथ

प्रलयकालको समय सम्म सामुज्य मुक्तिको प्राप्त गर्दछन् ।

 

१२. उत्तरायण मार्ग देखि ब्रम्हलोकमा जाने महापुरुषका लागि रात्रीकाल वा दक्षिणायन कालमा मृत्यु हुनु बाधक हुदैन ।

 

१३. जीवको कर्तापन शरीर र इन्द्रियको सम्बन्धले हुनु औपचारीक मात्र हो ।

 

१४. जीवको कर्तापनमा परमात्मा नै कारण हो ।

 

१५. जीवात्मा विभु हो उसको एक देसित्यो शरीरको सम्बन्ध ले होईन ।

 

१६. ज्ञानी महापुरुषको मनमा कुनै प्रकारको कामना हुदैन उत सर्बदा निष्काम तथा आप्त काम भएका हुन्छन् उनलाई यहि ब्रहम प्राप्त हुन्छ। उनलाई ब्रहमलोकमा जानु पर्दैन

 

१७. ब्रहमज्ञानी महापुरुष लोक लागि सबै प्रकारका विहित कर्मको अनुष्ठान गर्न पनि सक्दछन् ।

 

१८. ब्रम्हज्ञान सबै आश्रममा हुन सक्दछ सबै आश्रममा ब्रम्हविद्याको अधिकार छ ।

 

१९. ब्रम्हलोकमा जाने ज्ञानी महापुरुषको पुनरागमन हुन सक्दैन ।

 

२०. ज्ञानी महापुरुषको पूर्व कृत संचित पुण्य र पाप कर्मको नास हुन्छ नयाँ कर्म संग उसको सम्बन्ध रहदैन प्रारम्भ कर्मको उपभोग द्वारा नास भएपछि बर्तमान शरीर नष्ट हुन्छ र ब्रम्हलोक वा परमात्माको यहि प्राप्त हुन्छ ।

 

२१. ब्रम्हविद्याको साधन गर्नेहरुले पनि यज्ञ आदी आश्रम कर्म निष्काय

भावले गर्नु पर्दछ । तर समादम आदी साधन अवश्य गर्नु पर्दछ ।

 

२२. ब्रम्हविद्या कर्मको अंग होईन ।

 

२३. परमात्माको प्राप्त गर्नका लागि ब्रम्हज्ञान नै आवश्यक हो।

 

२४. यो जगत प्रलयकालमा पनि अप्रकट रुपले रहेकै हुन्छ ।